जितपुर । जापनिज भाषा अध्ययनको कुनै शुल्क नलाग्ने गरी कपिलवस्तुको बाणगंगामा एउटा शिक्षण संस्था संचालनमा आएको छ । रुपन्देहीको सैनामैना नगरपालिकास्थित श्री मलमला जापनिज ल्याङ्ग्वेज इन्स्टिच्यूटले मंगलबार एक कार्यक्रम आयोजना गरी वडा नम्बर ४ चार नम्बरमा आफ्नो शाखा विस्तार गरेको जानकारी दिएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले बाणगंगामा निम्न, मध्यम र उच्च वर्ग गरी तिनै तहका विद्यार्थीहरु रहेका कारण भाषा कक्षामा शुल्क नलाग्ने गरी खोलिएको संस्थाको प्रसंसा गरे । धनाढ्य परिवारको लागि मात्र नभएर सामान्य परिवार पनि संस्थासंग जोडिन पाउने अवसर संस्थाले दिएको भन्दै वक्ताहरुले प्रसंसा गरेका हुन् ।
प्रमुख अतिथि बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले संस्थाले राम्रो गर्नेमा आशाबादी रहेको बताए । नगरपालिकाका नियममा रहेर काम गरेको खण्डमा अघि बढ्न अझै सहज हुने उनले बताए ।
बिभिन्न अध्ययन र रोजगारीमा बाहिरिनु पर्ने नेपाली र बाणगंगाबासीको बाध्यता रहेको जनाउँदै मलमलाले गुणस्तरीय भाषा कक्षामार्फत् सेवा दिनेमा आशाबादी रहेको बताए ।
वडा नम्बर ४ का वडा अध्यक्षम छविलाल रेश्मीले संस्थालाई सफलताको शुभकामना दिएका थिए । कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जितपुरमा भाषा पढेको पैसा नलिने गरी खोलिएको संस्था मलमला पहिलो रहेको सुनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गरे ।
विद्यार्थी रोहित पोख्रेलले यस संस्थाको छवि राम्रो रहेको आफुले पाएको भन्दै चार नम्बरमा पनि यहि सेवाको निरन्तरता होओस् भनेर भाषा कक्षामा जोडिएको बताए ।
बाणगंगामा यस्ता संस्था खुल्नु सराहनीय रहेको उनले बताए । कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै संस्थाका प्रबन्धक सन्दिप सापकोटाले यस क्षेत्रमा आफूहरुले गुणस्तरीय भाषा कक्षा संचालन गर्ने बताए । सिओई नआउँदासम्म भाषा पढेको, डकोमोटेसन लगायतमा कुनै शुल्क नलाग्ने भन्दै ढुक्क भएर कक्षामा सहभागि हुन सापकोटाको आग्रह छ । भाषा पढेर सिओई र भिसा नआएमा भाषा पढेको कुनै शुल्क नलिने सापकोटा बताउँछन् ।
आफूहरुसंग जापानमा लामो समय काम गरेको अनुभवी टिम रहेकोले अन्य संस्थाको भन्दा आफ्नो संस्थामा नतिजा राम्रो भएको श्री मलमला जापनिज ल्याङवेज मुर्गियाका प्रमुख सुवास गहतराजको दावी छ । यस क्षेत्रमा आहरुफूहरुले दिने सेवा पनि गुणस्तरीय रहेको उनले बताए । भाषा सिक्न आउने विद्यार्थीलाई उचित परामर्श दिने, त्यहाँका कलेज र कामका प्रकृतिहरुकाबारमा पनि जानकारी दिने उनले बताए ।
कार्यक्रमका अध्यक्ष ढोलराज पाण्डेले सैनामैनामा संस्थाले गुणस्तरीय सेवा दिएके भन्दै यस क्षेत्रमा पनि सबैको मन जित्ने बताए । सबैको सहयोग पाएको खण्डमा यस क्षेत्रमा मलमलाले छुट्टै नाम कमाउने बताउँदै उनले सबैलाई धन्यबाद दिएका थिए ।
कार्यक्रममा रुपन्देही र बाणगंगाका बिभिन्न पेशा र ब्यवसायमा आवद्ध दर्जन बढीको सहभागिता थियो ।
प्रतिक्रिया