मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नीति तथा कार्यक्रम अस्पष्ट, अन्यौलग्रस्त र दिशाहीनः ओली

नीति तथा कार्यक्रम अस्पष्ट, अन्यौलग्रस्त र दिशाहीनः ओली

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य समेत गरे

अपि टाइम्स

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमले देशलाई निर्देश गर्न नसक्ने बताएका छन् ।

शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले शुक्रबार संसदमा प्रस्तुत भएको सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम अस्पष्ट, अन्यौलग्रस्त र दिशाहीन भएको बताए । ‘यो एउटा बेकारको पुलिन्दा हो । यसले देशलाई निर्देशित गर्न सक्दैन । नीतिगत हिसाबले निर्देशित गर्न सक्दैन । कार्यक्रमिक हिसाबले निर्देशित गर्न सक्दैन’, उनले भने, ‘यो समर्थनयोग्य छैन, विरोधयोग्य छ ।’

नीति तथा कार्यक्रममा दुई वर्षमा गर्ने काम पनि उल्लेख गरिएको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य समेत गरे ।

गठबन्धनले आफ्नो कार्यकाल २ वर्ष तोकेकाले प्रधानमन्त्री प्रचण्डले २ वर्षकै कार्यक्रम राखेको हुनसक्ने टिप्पणी गरे । उनले अगाडि भने, ‘प्रधानमन्त्रीजीको कार्यकाल २ वर्ष गठबन्धनले तोकेको हुनाले २ वर्षे कार्यक्रम राखिएको हो कि ?’

सरकारको नीति तथा कार्यक्रममा मुलुकको अर्थतन्त्रको समस्या उल्लेख नभएको उनले बताए । एमाले अध्यक्ष ओलीले भने, ‘अर्थतन्त्रको स्थिति राम्रो छ, उत्साहजनक छ भन्ने छ । राजनीतिक, सामाजिक, आर्थिक कुनैपनि समस्या पहिचान नै गर्न नसकेपछि कसरी समाधान गर्छ ? ’