मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोहलीलाई अर्को कीर्तिमान रच्ने अवसर

कोहलीलाई अर्को कीर्तिमान रच्ने अवसर

अपि टाइम्स

एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलोरका विराट कोहलीलाई इन्डियन प्रिमियर लिग [आइपिएल] मा अर्को कीर्तिमान बनाउने अवसर रहेको छ । बिहीबार राती सनराइजर्स हैदराबादविरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरलाई जिताउन कोहलीले १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

कोहलीको त्यो आइपिएल करिअरको छैटौं शतक थियो । आइपिएलमा सर्वाधिक धेरै शतकको कीर्तिमान बराबर गरेका छन् । कोहली र क्रिस गेलले ६/६ शतक प्रहार गरेका छन् । कोहलीले अव एक शतक हाने आइपिएलमा सर्वाधिक धेरै शतक हान्ने खेलाडी बन्नेछन् । अव कोहलीलाई उक्त कीर्तिमान बनाउने अवसर रहनेछ।

हालसम्म जस बटलरले पाँच, लोकेश राहुल, शेन वाटसन र डेविड वार्नरले समान चार पटक शतक प्रहार गरेका छन् । कोहली आइपिएलमा एकै सिजन र इतिहास दुबैमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । सन् २००८ देखि बेंगलोरबाट खेल्दै आएका कोहलीले ६ शतक र ५० अर्धशतकसहित ७ हजार १ सय ६२ रन बनाएका छन् ।

उनीपछि शिखर धवनले २ शतक र ५० अर्धशतकसहित कुल ६ हजार ६ सय रन बनाएका छन् । कोहली एकै सिजनमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । कोहलीले २०१६ को आइपिएलमा ४ शतक र ७ अर्धशतकसहित ९ सय ७३ रन बनाएका थिए ।

गतवर्ष राजस्थान रोयल्सका जस बटलरले ४ शतक र ४ अर्धशतकसहित ८ सय ६३ रन बनाएका थिए । २०१६ मा सनराइजर्स हैदराबादबाट डेविड वार्नरले ९ अर्धशतकसहित कुल ८ सय ४८ रन बनाएका थिए । अन्य कुनैपनि खेलाडीले एक सिजनमा ८ सय रनको आंकडा छुन सकेका छैनन् ।