मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगाका सहकारीमा समस्या छैन, शंका नगर्न बचतकर्तामा आग्रह (विज्ञप्तीसहित)

वाणगंगाका सहकारीमा समस्या छैन, शंका नगर्न बचतकर्तामा आग्रह (विज्ञप्तीसहित)

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । मुलकभरका सहकारी संचालक कराडौँ रकम लिएर टाप कसिरहेको अवस्थामा कपिलवस्तुको वाणगंगा नगरपालिका भित्रका सहकारीमा कुनै समस्या नरहेको बताइएको छ ।

वाणगंगा सहकारी ब्यवस्थापक समुहले सोमबार एक विज्ञप्ती जारी गर्दै बचतकर्ता र शेयरधनीलाई कुनै चिन्तामा नरहन आग्रह गर्दै नियमित कारोबारमा संलग्न हुन अपिल गरेपछि त्यहाँका सहकारी समस्यामा छैनन् भन्ने बुझिन्छ ।

मुलुकका केहि सहकारी संचालकका कारण नगरभित्रका शेयरधनीमा चिन्ता थपिनु स्वभाविक भए पनि त्यस्तो चिन्ता नगर्न समुहका अध्यक्ष हरिलाल शर्माले आग्रह गरे । उनले ढुक्क भएर कारोबार गर्न बचतकर्तालाई अपि टाइम्समार्फत् सुझाएका छन् । उनी सिद्धार्थ बचत तथा क्रण सहकारी संस्थाका ब्यवस्थापक हुन् ।सहकारी संचालक र शेयरधनी पारस्परिक भएर अगाडि जाँदा भोलिका दिनमा कुनै समस्या नआउने ब्यवस्थापकहरुको विश्वास छ । वाणगंगामा अहिले बचत, कृषि तथा बहुउदेश्यीय सहकारी गरी ५९ वटा सहकारी छन् ।

वाणगंगामा शाइन बचत तथा क्रण सहकारी संस्थाले रकम अपचलन गरेको भन्ने समाचार आएपछि त्यहाँका बचतकर्तामा शंका उब्जिएको थियो । स्थानीय ब्यक्तिले सो सहकारीका संचालक र ब्यवस्थापक चोर नै भनेर सामाजिक संजालमा राखेपछि बचत कर्तामा थप शंका उब्जिएको थियो ।

शाइन सहकारी बाहिरबाट आई वाणगंगामा शाखा संचालन गरेको सहकारी हो । यस्तै बाहिरबाट आई शाखा संचालन गरेका सहकारीमा सुप्रिम र मञ्जुश्री पनि रहेका छन् । बाहिरबाट आएर शाखा संचालन गरेका सहकारीका बचतकर्ता भने सजग हुनुपर्ने वाणगंगाका सहकारी संचालक बताउँछन् ।

यस्तै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव नेपाली आफ्नो इमेज बचत तथा क्रण सहकारी संस्थाको करोडौँ रकम लिएर फरार रहेपछि जनमानसमा थप चिन्ता थपिएको छ ।