मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड मन्त्रिपरिषद्ले पायो पूर्णता, ११ औँ पटकमा थपिए यी मन्त्री

प्रचण्ड मन्त्रिपरिषद्ले पायो पूर्णता, ११ औँ पटकमा थपिए यी मन्त्री

अपि टाइम्स

काठमाडौँ । एघारौं पटक मन्त्रिपरिषद् विस्तार भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरणमन्त्रीमा वीरेन्द्र प्रसाद महतोलाई नियुक्त गरेका हुन्।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भएकी छिन्।

महतो सिरहा ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। जनता समाजवादी पार्टी [जसपा] बाट उठेका उनले जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई पराजित गरेका थिए। उनीहरुको शपथ भोली १० बजे हुने बताइएको छ। यससंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।

अब प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ । सरकारमा नेपाली कांग्रेसका एक उपप्रधानमन्त्रीसहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक मन्त्री छन् ।