एजेन्सी । दुनियामा नग्नता भन्ने चिज अब लाजगालको विषय भन्दा पनि व्यापारको विषय बन्न थालेको छ । बेलायतको लन्डन तथा अस्ट्रेलियाको बाटो पछ्याउँदै जापानमा पनि अब निर्वस्त्र रेष्टुरेन्ट खुलेको छ ।
यो रेष्टुरेन्टमा मोटा मानिसहरुलाई प्रवेश दिइनेछैन । रेष्टुरेन्टको वेबसाइटमा एउटा लिष्ट उपलब्ध हुन्छ । जस अनुसार यदि ग्राहकको वजन जिउको उचाइको तुलनामा १५ किलोभन्दा बढि भएमा त्यस्ता ग्राहक रेष्टुरेन्टमा छिर्न पाउनेछैनन् । पहिले बुकिंग गराइसकेका ग्राहकको तौलबारे शंका लागेमा रेष्टुरेन्ट प्रवेश गर्ने बेला तौल लिन्छ र तौल बढि पाइएमा छिर्न दिइनेछैन । यस्ता अयोग्य ग्राहकले जम्मा गरेको धरौटी समेत जफत हुन्छ।
जिउमा टाटु भएकाहरुले पनि यो रेष्टुरेन्टमा प्रवेश पाउनेछैनन्। १८ देखि ६० वर्षसम्मका ग्राहक मात्र रेष्टुरेन्टमा प्रवेशका लागि योग्य हुन्छ।
यो रेष्टुरेन्टमा छिर्दा क्यामरा तथा मोबाइल फोन लग्न पाइदैन। यो रेष्टुरेन्टमा प्रवेश शुल्क ८० हजार जापानी येन तोकिएको छ । यदि पुरुष नर्तकीको नाच नहेर्नेहो भने १४ हजार येन तिरेरै रेष्टुरेन्टको सेवा लिन सकिन्छ । तर भोजनको रोजाइको आधारमा तपाइँको बिल २८ हजार सम्म पुग्न सकिन्छ।
प्रतिक्रिया