मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोनाल्डोको गोलमा अल नासरको कठिन जित

रोनाल्डोको गोलमा अल नासरको कठिन जित

अपि टाइम्स

एजेन्सी । पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा अल नासरले साउदी प्रिमियर लिगमा पूनरागमन जित निकालेको छ ।

अल नासरले घरेलु मैदानमा २–० ले पछि परेको स्थिति उल्ट्याएर अल सवावमाथि ३–२ को पूनरागमन जित निकालेको हो । अल नासरको पूनरागमन जितमा एन्डरसन टालिस्का, अब्दुलरहमान घारिव र रोनाल्डोले गोल गरे । अल सवावका क्रिष्टिएन गुएन्काले दुवै गोल गरेपनि हार टरेन ।

यस जितसँगै अल नासरको उपाधि जित्ने सम्भावना जीवितै बनेको छ । दोस्रो स्थानमा रहेको अल नासरको २८ खेलबाट ६३ अंक छ । समान खेलबाटै शीर्षस्थानमा रहेको अल इतिहादको ६६ अंक छ ।
अल इतिहादलाई उपाधि जित्न एक जितको खाँचो रहँदा अल नासरलाई आफ्नो खेलमा जित निकाल्नुका साथै अल इतिहादले अंक गुमाउनु पर्नेछ ।