मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज शपथ लिँदै

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज शपथ लिँदै

अपि टाइम्स

काठमाडौँ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई आज (बुधबार) शपथ खुवाइँदै छ।

राष्ट्रपतिको कार्यालयका अनुसार नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी यादवलाई अहिले बिहान १० बजे पद तथा गोपनीयताको शपथ खुवाइने भएको हो।

दुवै मन्त्री जनता समाजवादी पार्टी ९जसपा० बाट भएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई मंगलबार मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रचण्ड प्रधानमन्त्री बनेपछि यो एघारौँपटक गरिएको मन्त्रिपरिषद् विस्तार हो।