काठमाडौँ । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईले नक्कली शरणार्थी बनाउने प्रकरणबाट पैसा उठाउँदै जग्गामा लगानी गर्ने गरेको पाइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा दायर गरेको अभियोग पत्रअनुसार उनले करिब साढे चार करोड रुपैयाँ लिएको उल्लेख छ ।
पटकपटक लिएको उक्त रकम बैंकमा जम्मा गर्ने र जग्गामा लगानी गर्ने गरेको उल्लेख छ ।
प्रतिक्रिया