मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चतुर टोप बहादुरः ठगीको लिनेखानेमा अघिअिघि

चतुर टोप बहादुरः ठगीको लिनेखानेमा अघिअिघि

अपि टाइम्स

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गर्नेहरुबाट आफूले लिनेखाने काममा संलग्न रहेको अभियोग लागेको छ ।

उनीविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा उनको के(कस्तो भूमिका थियो भन्ने उल्लेख छ । यस प्रकरणमा उनको संलग्नता किटान गर्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रहित प्रतिकूल, ठगी, संगठित अपराध र किर्तेमा मुद्दा चलाएको छ ।

उसो त टोप बहादुर राजनीतिका चतुर खेलाडी हुन् । यहि चर्तुर्याइँका कारण उनी आज फन्दामा परेका छन् ।

टोपबहादुर रायमाझीमाथि लगाइएको अभियोग जस्ताको तस्तै :

सानु भण्डारी र केशव प्रसाद दुलालले टेकनाथ रिजाललाई प्रतिवादीको घरमा ल्याई भेट गराउँदा निजले टोप बहादुर रायमाझीले भुटानी शरणार्थीहरुलाई अमेरिका पठाउँदा नेपालीहरुलाई पनि भुटानी बनाई अमेरिका पठाउने आफ्नो योजना रहेको र सो मा सहयोग गरिदिनका लागी टेकनाथ रिजाललाई अनुरोध गरेको भन्ने प्रतिवादी टेकनाथ रिजालको बयानमा खुलेको, नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यका लागी प्रतिवादीहरु सन्देश शर्मा, सानु भण्डारी, केशव प्रसाद दुलालसँग ललितपुरको बखुण्डोल स्थित टंक गुरुङको रेष्टुरेण्टमा बारम्वार मिटिङ गरेको, आफ्ना भाईलाई कोरोना भई हेलिकप्टरबाट काठमाडौं ल्याएको दिन प्रतिवादी डा. इन्द्रजित राईसँग नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने बिषयमा होटल साँग्रिलामा मिटिङ गरेको र सोही मिटिङमा जाहेरवाला प्रेमराज पन्थीलाई निजका आफन्तहरु समेतलाई अमेरिका पठाउने कुराको ग्यारेण्टी गरेको, प्रतिवादी सानु भण्डारीबाट रु.१,६०,००,०००/- (एक करोड साठी लाख) नगदै र निजको छोरा सन्दिप रायमाझीलाई बैंकिङ प्रणालीबाट रु.४०,००,०००।– (चालिस लाख) दिएको भन्ने प्रतिवादी सानु भण्डारीको बयानबाट खुलेको ।

प्रतिवादी ईन्द्रजित राई र सानु भण्डारी तथा केशव दुलालको बीचमा ईन्द्रजित राईको कार्य कक्षमा नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने सम्बन्धमा सानु भण्डारी तथा केशव दुलालले ईन्द्रजित राईलाई रकम दिएको र समयमा ईन्द्रजित राईले काम नगरेको सम्बन्धमा हातपात समेत हुँद निजले सहजकर्ताको भूमिका निर्वाह गरेको भन्ने निजैको बयान समेतबाट खुलेको, प्रतिवादी सानु भण्डारी, केशव प्रसाद दुलाल, आफु उप-प्रधानमन्त्री तथा उर्जामन्त्री भएको अवस्थामा प्रस्तुत ठगी योजनाका सक्रिय सदस्यहरु केशव प्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, ईन्द्रजित राई समेत सँग बाक्लो उठबस, घुमफिर तथा मन्त्रलयबाट तयार हुने चिठ्ठी पत्रहरुको सहजिकरण गरी आफ्नो पदिय जिम्मेवारीको चरम दुरुपयोग गरी जाहेरवालाहरुलाई झुक्यानमा पारेको सानु भण्डारी, केशब प्रसाद दुलाल र टोप बहादुर रायमाझी ईन्द्रजि राईको कार्यकक्षमा बारम्बार आईरहने मानिस हुन २०७७ श्रावण, भदौ महिना तिर एकपटक यी तीनै जना इन्द्रजित राईको कार्यकक्षमा विवाद भई हातहाला सम्म भएको हुँदा म समेत गई छुट्टाएर ३ जनालाई कार्यकक्ष बाहिर लगेको त्यति बेला मलाई ईन्द्रजित राईले अब देखि यीनीहरुलाई भित्र पस्न नदिनु भनी आदेश दिएको सायद सो कुरालाई निजले बयानमा स्वीकार गरेको ।

प्रतिवादी सानु भण्डारीको घरबाट बरामद हुन आएको डायरीमा यी प्रतिवादीलाई विभिन्न मितिमा नगदै रकम दिएको भनी अभिलेख राखेको देखिएको हुँदा यी प्रतिवादी टोप बहादुर रायमाझी अन्य प्रतिवादीहरु ईन्द्रजित राई, सानु भण्डारी, केशव प्रसाद दुलाल, सन्दिप रायमाझी र टेकनाथ रिजालसँग प्रत्यक्ष रुपमा मिलेर सुरुवात देखि नै कसूर अपराधको योजनाकारको रुपमा अन्य प्रतिवादीहरुलाई परिचालन गर्ने र आफु समेत परिचालित भई प्रस्तुत संगठित ठगी एवं राष्ट्रहित प्रतिकुल काम गर्न नहुने अपराधमा सक्रिय भूमिका निर्वाह गरी आपराधिक समूहका अन्य प्रतिवादीहरुलाई परिचालन गरी जाहेरवालाहरु समेतबाट संकलन गरिएको ठगीको लिनेखाने काममा संलग्न रहेको देखिदा यी प्रतिवादी टोप बहादुर रायमाझीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाईदिने समूहमा आवद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरुका आधारमा विश्वास दिलाई करौडौं रकम उठाउन लगाई पीडितहरुलाई हानी नोक्सानी पुन्याई ठगी गरी लाभ लिई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगीको कसूर गरेको पुष्टि हुन आयो ।