मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लखनउलाई ८१ रनले हराउँदै मुम्बई आईपीएलको दोश्रो क्वालिफायरमा

लखनउलाई ८१ रनले हराउँदै मुम्बई आईपीएलको दोश्रो क्वालिफायरमा

अपि टाइम्स

काठमण्डौ – लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ ।

गएराति चेन्नईमा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनको फराकिलो अन्तरले विजयी भयो ।

मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर ३ बलमा १ सय १ रनमा समेटियो ।

लखनउका मार्कुस स्टोयनिसले सर्वाधिक ४० रन बनाए । लखनउका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

मुम्बईका आकाश मधवालले ३ ओभर ३ बलमा ५ रन खर्चिएर ५ विकेट लिए । क्रिस जोर्डन र पीयुष चावलाले समान १र१ विकेट लिए ।

लखनउका तीन जना खेलाडी रन आउट भएका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो ।

मुम्बईका क्यामरन ग्रीनले सर्वाधिक ४१ रन बनाए । त्यस्तै सूर्यकुमार यादवले ३३ र तिलक बर्माले २६ रन जोडे ।

लखनउका नविन उल हकले ४ विकेट लिए । यश ठाकुरले ३ र मोहसिन खानले एक विकेट लिए ।

दोस्रो क्वालिफायरमा भोलि मुम्बई र गुजरात टाइटन्सबिच फाइनल पुग्न खेल हुनेछ ।

पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै चेन्नई सुपर किंग्स फाइनलमा पुगिसकेको छ । फाइनल खेल आइतवार हुनेछ ।