मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. नवराज केसीको शून्यको मूल्यु लाई उत्तम शान्ति पुरस्कार

डा. नवराज केसीको शून्यको मूल्यु लाई उत्तम शान्ति पुरस्कार

अपि टाइम्स

काठमाडौँ । डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’ ले  २०७९ सालको ‘उत्तम शान्ति पुरस्कार’ पाउने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको कृति ‘शून्यको मूल्य’लाई  पुरस्कार दिने घोषणा गरेको हो । 

साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा उनकी धर्मपत्नी शान्ति कुँवरले २०४४ सालमा स्थापना गरेको यो पुरस्कार उत्तम कुँवर जन्मजयन्ती (जेठ १२)मा प्रदान गरिने चलन छ । कुँवरले लेखेको साहित्यिक प्रोफाइलको गैर–आख्यान कृति ‘स्रष्टा र साहित्य’ले २०२३ सालमा मदन पुरस्कार पाएको थियो ।

२०७९ सालमा प्रकाशित ‘शून्यको मूल्य’ लाई डा. केसीले ‘सिर्जनात्मक गैरआख्यान’ पुस्तक भन्ने गरेका छन् । उपचारका क्रममा भेटिएका महिलाहरूको प्रेरणाले नै पुस्तको लेखेको उनको भनाइ छ । केही रूपान्तरणकारी प्राध्यापकहरूसँगको भेटले आफूलाई पुस्तक लेख्न प्रेरित गरेको समेत उनको भनाइ छ । अभावका बाबजुद बिरामीहरूले त्यसबाट उन्मुक्ति पाउन गरेका संघर्ष र साहसका कथा पुस्तकमा समेटिएको छ ।