मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिजो स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दै

हिजो स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दै

अपि टाइम्स

काठमाडौँ । शुक्रबार दुईपटक समय तोकेर पनि बस्न नसकेको प्रतिनिधि सभाको बैठक आज बस्दै छ।

शुक्रबार साँझ ६ बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो।

संघीय संसद्‌द्वारा जारी सूचनामा भनिएको छ, ‘(शुक्रबार साँझ) ६ बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक मिति विसं २०८० जेठ १३ गते शनिबार दिनको ४ बजे बस्ने निर्धारण गर्नुभएको छ।’