मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीके राउत र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता

सीके राउत र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता

अपि टाइम्स

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् ।

शनिबार बिहान नयाँदिल्ली गएका राउतले चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । जनमत पार्टीका प्रवक्ता बीपी साहका अनुसार राउतले अरु भारतीय नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

‘उहाँ अझै केही दिन भेटवार्तामै रहनुहुनेछ । भेटवार्ता राजनीतिक हो’, साहले भने ।