मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुलुकको लागि फेरि राष्ट्रिय सहमति आवश्यकः प्रधानमन्त्री प्रचण्ड

मुलुकको लागि फेरि राष्ट्रिय सहमति आवश्यकः प्रधानमन्त्री प्रचण्ड

अपि टाइम्स

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र नागरिकको हितका लागि काम गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् । । शनिवार आज प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्नाआफ्ना भूमिका रहे पनि राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले नागरिकको आवश्यकता र चाहनालाई सम्बोधन गर्न सबै एक ठाउँमा उभिनुपर्ने बताए । उनले नागरिकको हितमा समझदारी र सहमति आवश्यक रहेको उल्लेख गरे । उनले विगतका नमिठा पक्षलाई बिर्सिएर नागरिक र देशको विकासका लागि लाग्न आह्वान गरे ।

उनले भने, ‘यही सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भूमिका छन् । सिद्धान्ततः त्यो कुरा हामी बुझ्छौँ पनि । तर नागरिकको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले हेर्ने हो भने हामी कतै न कतै हामी एक ठाउँमा उभिन आवश्यक छ । कहीँ न कहीँ हामीले समझदारी र सहमति कायम गर्न आवश्यक छ । हुनतः केही तीता, नमिठा पनि भएका छन्, पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा त्यसका मनोभावनाहरु छन् । तर त्यो भन्दा माथि राष्ट्र र नागरिक हो, त्यसकारण नागरिकका हितमा काम गर्न एक हुनुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो ठाउँबाट गर्नुपर्ने त्याग गरेको दाबी गरे । अहिले देशका अघि रहेका समस्या र चुनौतीको समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको उनले उल्लेख गरेका थिए ।