मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी प्रदेशः प्रदेशसभा भवन क्षेत्रमा प्रहरी र पहिचान पक्षधरबीच झडप

कोशी प्रदेशः प्रदेशसभा भवन क्षेत्रमा प्रहरी र पहिचान पक्षधरबीच झडप

अपि टाइम्स

मोरङ । विराटनगरस्थित प्रदेशसभा भवन क्षेत्रमा प्रहरी र पहिचान पक्षधरबीच झडप भएको छ। झडप हुँदा केही प्रहरी घाइते भएका छन्।

पहिचान पक्षधरले प्रदेशसभा भवन जान लागेका सांसदहरुलाई रोक्न खोज्दा झडप भएको हो। झडपमा पहिचान पक्षधर कम्तिमा ३१ जना पक्राउ परेका छन्।

प्रहरीले भीड नियन्त्रणमा लिनका लागि दर्जनौँ राउण्ड आश्रु ग्यास प्रहार गरेको छ। प्रर्दशनकारीहरुले बासको भाटा र ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ। २ बजेको लागि तोकिएको बैठकका लागि सांसदहरु कडा सुरक्षाका बीच भवनमा प्रवेश गरेका छन्।

अर्कोतर्फ, प्रदेशसभा भवनमा बसेको एमाले प्रदेशसभा संसदीय दलको बैठकले प्रदेशको नाम परिवर्तन नहुने जनाएको छ।

दलको बैठकपछि प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमाले नेतृत्वको सरकारले चाहेर पनि प्रदेशको नाम परिवर्तन नहुने बताए। उनले संविधान र कानुनको प्रक्रियामा रहेर विकल्प खोजे वार्ताको सम्भावना रहे पनि नामाकरण परिवर्तन हुन नसक्ने बताए।