मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा एक्कासी हावाहुरीः २० लाखको बिद्युत संरचनामा क्षति

कपिलवस्तुमा एक्कासी हावाहुरीः २० लाखको बिद्युत संरचनामा क्षति

अपि टाइम्स

तौलिहवा । कपिलवस्तुमा हावाहुरीले २० लाख बढीको बिद्युतीय संरचना र सामग्रीमा क्षति पुगेको छ। जेठ १० गते आएको प्राधिकरणको तौलिहवा र कृष्णनगर वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा रहेको बिद्युतको पोलसहित अन्य सामग्रीहरुमा क्षति पुगेको हो।

तौलिहवा वितरण केन्द्र अन्र्तगत एउटा बिद्युत खम्बा, ४ वटा कम्पोजिट, ११ र ३३ केबीए लाईनमा क्षति पुगेको तौलिहवा बितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताए। क्षति पुगको सबै ठाउँमा मर्मत भई सकेको र अहिले सबै ठाउँमा बिद्युत आपुर्ति भई सकेको झाले बताए। तौलिहवा बितरण केन्द्रमा सबै गरी ५ लाखको क्षति भएको थियो।

उता हावाहुरीले चन्द्रौटा सब स्टेशन कृष्णनगर औधोगिक फिडर सिटी पड्केर आगलागी समेत भएर क्षति पुगेको प्राधिकरण कृष्णनगरका प्रमुख सुशील पौडेलले बताए। त्यसबाट ५ लाख बढीको क्षति भएको थियो। हावाहुरीले कृष्णगनगर क्षेत्रमा बिद्युतको तार भएको ३० बढी स्थानमा रुख खसेर क्षति पुर्याएको थियो। बिजयनगर गाउँपालिकामा समेत क्षति भएको २४ घन्टा समेत बिद्युत अवरुद्ध बनेको थियो। हावाहुरीले १४ वटा पोल ढलेको थियो।

कृष्णनगर क्षेत्रका सबै ठाउँमा गरी हावाहुरीले कृष्णगनर क्षेत्रमा झन्डै १५ लाखको क्षति भएको प्रमुख पौडेलले बताए। २४ घन्टा पछि बिग्रिएको सबै ठाउँमा मर्मत गरी बिद्युत आपूर्ति भई सकेको उनले बताए।