मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टर्कीमा भएको राष्ट्रपति चुनावमा रिसेप तैयप एर्डोगान विजयी

टर्कीमा भएको राष्ट्रपति चुनावमा रिसेप तैयप एर्डोगान विजयी

अपि टाइम्स

एजेन्सी । टर्कीका वर्तमान राष्ट्रपति रिसेप तैयप एर्डोगान राष्ट्रपति चुनावमा विजयी भएका छन् । उनले ५२ प्रतिशत मत प्राप्त गर्दै प्रतिद्वन्द्वी केमल किलिच्दारोग्लुलाई पराजित गरे।

त्यहाँका निर्वाचन अधिकृतका अनुसार एर्डोगानले ५२ दशमलव १६ प्रतिशत मत पाएका छन् । दुई हप्ता अघि मे १४ तारिखमा भएको पहिलो चरणको मतदानमा वर्तमान राष्ट्रपति एर्डोगान र उहाँका प्रतिस्पर्धी किलिच्दारोग्लु दुवैले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि हिजो पुनः मतदान भएको हो ।

टर्कीमा राष्ट्रपति चुनिन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । २० वर्षसम्म सत्तामा रहेका एर्डोगान फेरि ५ वर्षका लागि राष्ट्रपतिमा चयन भएका हुन् । जित पछि उनले आफूलाई विश्वास गरेर मतदान गर्ने नागरिकलाई आभार व्यक्त गरेका छन् ।

उनले यो जित समग्र टर्कीका नागरिकको जित भएको बताए । उनका समर्थक र शुभचिन्तकले जितपछि उत्सव मनाउन थालेका छन् ।