मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेशम चौधरी रिहा हुने भएपछि डिल्लीबजार कारागारमा मानिसको भीँड

रेशम चौधरी रिहा हुने भएपछि डिल्लीबजार कारागारमा मानिसको भीँड

अपि टाइम्स

काठमाडौँ । टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई जेल जीवन बिताइरहेका सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आज रिहा हुँदै छन्।

काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका उनलाई गणतन्त्र दिवसका अवसरमा सरकारले आममाफी दिएपछि आज जेठ १५ गते जेलबाट छुट्ने भएका हुन्।

उनलाई लिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नागरिक उन्मुक्तिका नेता कार्यकर्ता बिहानै डिल्लीबजार कारागारबाहिर भेला भइसकेका छन्। अध्यक्ष रञ्जिता रेशकी पत्नीसमेत हुन्।

रेशम रिहा हुने निश्चित भएपछि उनको गृहजिल्ला कैलालीबाट नागरिक उन्मुक्तिका नेता–कार्यकर्ता हिजै काठमाडौं आएका थिए।उनलाई अहिले बिहान ८ बजे रिहा गर्ने तयारी रहेको बताइएको छ।