मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सशस्त्र प्रहरीमा पाहुना सत्कारमा फूल र खादा खरिद गर्न निषेध

सशस्त्र प्रहरीमा पाहुना सत्कारमा फूल र खादा खरिद गर्न निषेध

अपि टाइम्स

काठमाडौं । सशस्त्र प्रहरी बलका युनिटहरुमा पाहुनाको स्वागतका लागि खादा र फूलको खरिदलाई निषेध गरिएको छ ।

सरकारको अनावश्यक खर्च नगर्ने नीति अनुसार आगन्तुकको स्वागतका लागि खादा र फूल खरिद नगर्ने नीति अख्तियार गरिएको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० राजेन्द्र खड्काले बताए ।
सोमबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा आयोजित पत्रकार सम्मेलनमा खड्काले भने, ‘देशैभरका युनिटमा सोही अनुसार खादा र फूल खरिद नगर्न परिपत्र गरेका छौं ।’ उनका अनुसार फूल दिनै परे स्थानीय स्तरमा उपलब्ध दिन निर्देशन दिइएको छ ।

सशस्त्र प्रहरी बलले सादा पोशाकमा सशस्त्र प्रहरी कर्मचारी परिचालन नगर्ने नीति समेत अख्तियार गरेको छ । प्रवक्ता खड्काका अनुसार सीमा क्षेत्रबाट गुनासो आउन थालेपछि सादा पोशाकमा कर्मचारी नखटाउने निर्णय गरिएको हो ।

‘यसबारे आचरण सम्बन्धी स्थायी आदेश नै जारी गरेका छौं, विदेश तालिममा पठाउनका लागि नीति तर्जुमा गरेर नियम संगत रुपमा क्राइटेरियाभित्र पर्ने कर्मचारीलाई विदेश तालिममा पठाउने व्यवस्था गरेका छौं’, खड्काले भने ।

सशस्त्र प्रहरी कर्मचारीहरुको आधारभूत आवश्यकतामा विशेष जोड दिँदै ६५ युनिटहरुमा जवान मेसको स्तरोन्नति गरिएको खड्काले बताए ।