मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री बनेपछि सुरेन्द्रराज आचार्य जब पहिलोपटक गृहजिल्ला पुगे

मन्त्री बनेपछि सुरेन्द्रराज आचार्य जब पहिलोपटक गृहजिल्ला पुगे

अपि टाइम्स

कपिलवस्तु ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले विकासमा पछि परेको कपिलवस्तुमा ठूला परियोजना ल्याई विकास गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

मन्त्री नियुक्त भएपछि पहिलोपटक गृहजिल्लामा आएका आचार्यले तौलिहवास्थित पार्टी कार्यालयमा कार्यकर्ताहरुसँग स्थानीय तहमा पू्र्वाधार खडा हुन नसकेको भन्दै विकासका योजना ल्याउन भूमिका खेल्ने बताएका थिए ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का सांसद आचार्यले ठूला परियोजनासँगै आफूले रोजगारको अवसर सिर्जना गरी स्वरोजगारको वातावरण बनाउने बताए ।

‘पढेलेखेका युवाहरुलाई रोजगारी दिने मेरो पहिलो प्राथमिकता रहनेछ । समग्र जिल्लाको विकास नै आफ्नो ध्येय रहनेछ’, उनले भने ।

जिल्लाका किसानको समस्या, विकासको पछौटेपन आदि समस्या समाधानका लागि आफूले केन्द्रीय योजनामा जिल्लाका केही विकासका योजना सम्मिलित गराएको उनले जानकारी दिए । प्रदेश सरकारको योजनामा समेत कपिलवस्तु विकासको लागि आवश्यक योजना राख्न पहल गरिने मन्त्री आचार्यले बताए ।

कांग्रेस नेतृ मीना पाण्डेको निधनको शोकमा भएका कारण पार्टी कार्यालयमा अनौपचारिक भेटघाट कार्यक्रम गरिएको थियो ।

निवर्तमान कांग्रेस केन्द्रीय सदस्य तथा सांसद अतहर कमालले मानव विकास सूचकांकमा पछि रहेको कपिलवस्तुको विकासमा मन्त्री आचार्यले पहल गर्नुपर्ने बताए ।

कपिलवस्तु र लुम्बिनी प्रदेशकै प्रतिनिधित्व गर्दै मन्त्री बन्नु खुशीको विषय भएको बताउँदै नेता कमालले कपिलवस्तु विकासका योजना सम्मिलित हुनेमा ढुक्क रहेको बताए ।

कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले देशको अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा आफूहरुले निर्वाचनमा गरेका प्रतिबद्धताअनुसार अगाडि बढ्ने बताए ।