मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रालयमा डा.भुसालको दुई महिनाः दूध आयात रोकदेखि कृषि एम्बुलेन्ससम्म

मन्त्रालयमा डा.भुसालको दुई महिनाः दूध आयात रोकदेखि कृषि एम्बुलेन्ससम्म

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । दर्शनशाष्त्रमा विद्यावारिधी हासिल गरेका डाक्टर बेदुराम भुसालले कृषि तथा पशुपंक्षी मन्त्रालय सम्हालेको दुई महिना पुरा भएको छ । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको मन्त्रीपरिषद्मा डाक्टर भुसाल चैत्र १७ गते हाजिर भएका थिए ।

लामो राजनैतिक अनुभव हासिल गरेको भए पनि पहिलो पटक मन्त्रालयको जिम्मेवारी हाँक्ने अवसर स्वयम् भुसालको लागि अवसर र चुनौतिपूर्ण नै छ । ब्यक्तिगत जीवनमा आजसम्म दागरहित भुसालको कार्यकाल कस्तो होला ? आम सर्वसाधारण र सरोकारवालामा पनि एउटा जिज्ञासा पक्कै हुन सक्छ ।

कृषि मन्त्री भुसालको परीक्षा लिने र मुल्यांकन गर्ने समय अझै नभएको भए तापनि यो बीचमा भुसालले गरेका कामहरुको शिलशिलालाई हेर्दा कृषि क्षेत्रमा फड्को मार्न सक्ने सुरुवातको रुपमा लिन सकिन्छ ।

एकातिर गठबन्धनको सरकार, अर्कातिर कृषि ऐन नबनिसकेको स्थिति र प्राविधिक रुपमा काम गर्न कठिन मन्त्रालयमा उनले थालेका प्रयासले विहानीले दिउँसोको संकेत गर्दछ भनेझैँ थुप्रै आशा गर्ने ठाउँ देखिन्छ ।

धेरै मन्त्रीले मन्त्रालयको जिम्मा पाएपछि अनेक आश्वासन र निर्देशन दिने गर्दछन् । सस्तो लोकप्रियताको पछि लागेर असम्भव निर्णय गर्न हतार गरिहाल्ने र मिडियाबाजी गर्ने धेरैको चलन छ । तर मन्त्री भुसालले भने आफू लोकप्रिय हुने र मिडियाबाजी गर्ने खालको त्यस्तो कुनै निर्णय गर्न तर्फ लागेनन् ।

२४ सदस्यीय मन्त्री परिषद्मा निकै पाका मन्त्रीको रुपमा रहेका भुसालले कृषि मन्त्रालयमा आजसम्मकै बढि बजेट पार्न सफल भए नै मन्त्रालयको आर्थिक तथा प्रशासनिक सुधार, किसान लक्षित कार्यक्रम र नीति निर्माणमा पनि उनको जोड देखिन्छ ।
तुलनात्मक रुपमा अरु मन्त्रालयकोभन्दा सानो सचिवालय बनाएर काम गरिरहेका मन्त्री भुसालको सबैभन्दा राम्रो पक्ष भनेको सरलता हो । सादगी जीवनशैली अंगाल्ने मन्त्री भुसालले समय रहेसम्म मन्त्रालय सम्बद्ध ब्यक्तिसंग समय निकालेरै कुराकानी गरिहेको सचिवालय बताउँछ ।

धेरै कामहरु गर्न नसकिए पनि आफ्नै कार्यकालमा कृषि ऐन जारी गर्ने मन्त्री भुसालको मुख्य प्राथमिकता छ । त्यसै अनुसार मन्त्री भुसालले मन्त्रालय सम्वद्ध कर्मचारी, विज्ञ, बुद्धिजिवी र सरोकारवालासंगबाट निरन्तर सुझाव र सल्लाहा लिइरहनु भएको छ, मन्त्रीको सचिवालय बताउँछ ।

हेरौँ १२ बुँदामा मन्त्री भुसालले गरेका महत्वपूर्ण कामहरु

१ः पहिलोपटक कृषि ऐन ल्याउने आधार तय
२ः कृषकहरुलाई प्रोसाहन गर्न बाधकको रुपमा रहेका कार्यविधिलाई संशोधन गरि विभिन्न नियावलली ३ महिना भित्र निर्माण गरि कार्यन्वयनमा जाँदै
३ः कृषि मन्त्रालयको बजेटमा अहिलेसम्मकै बढोत्तरी ( कृषि तथा पशुपन्छी विकासमा आर्थिक वर्ष २०८०÷०८१ का लागि लागि ५८ अर्ब ९८ करोड रुपैँया विनियोजन)
४ः बाँझो जग्गामा युवा कृषकहरुलाई सामुहिक खेती प्रणालीमा अनुदानको ब्यवस्था
५ः तरकारी फलफूल लगाएत खाध्य पदार्थलाई परिक्षण गर्ने ल्यावको स्थापना गर्ने पहिलो नयाँ कार्यक्रमको सुरुवात
६ः ४२ वटा पालिकामा कृषि ऐम्बुलेन्स प्रारम्भ हुने
७ः १६१ स्थानीय तहमा पहिलो चरणमा पशुपंक्षी ल्याव स्थापना हुने
८ः किसानको समस्या समाधान गर्न धर्नारत उँखु किसानसंग मन्त्रालयमै भेटवार्ता
९ः अमेरिकी तथा इजरायल सरकारका राजदूतसंग भेट गरी नेपालका कृषि सामान पठाउन पहल
१०ः रासायनिक मलमा हुने अभाव र असहजताको धेरै हदसम्म अन्त्य
११ः अनावश्यक र फजुल खर्च कम गर्न, होटलहरुम्मा बिभिन्न कार्यक्रमहरु नगर्न निर्देशन
१२ः सोलार सिष्टमबाट कोल्डस्टोर सुरुवात गर्न अनुदानको व्यवस्थाको सुरुवात हुने पक्का
१३ः भारतबाट दूध आयात हुनबाट रोक (नेपाल दुग्ध विकास ंस्थानले भारतबाट दुग्ध आयातको बाटो खोल्न मन्त्रालयमा सिफारिस पत्र पठाएको थियो । मन्त्री भुसालले यो वेठिक हुने भन्दै हस्ताक्षर नगरी रोकेर राखेका छन् ।