काठमाडौँ । कपिलवस्तुका युवा व्यवसायी टिआर पाण्डे विश्व हिन्दू युवा संघको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । संघका ५ ग (गोरक्षा, गाउँ, गाई, गाँजा, ज्ञान/वेद) लाई आत्मसात गर्ने पाण्डेको प्रतिवद्धतापछि केन्द्रिय सदस्यमा मनोनित गरिएको संघका अध्यक्ष क्रषिकेश जंग शाहले पत्रमार्फत् जानकारी गराएका हुन् ।
यस जिम्मेवारीसंगै पाण्डेले अब संगठन विस्तारको जिम्मेवारीसमेत पाएको शाहद्धारा हस्ताक्षरित मनोनयन पत्रमा उल्लेख छ । मनोनयनपछि पाण्डेले संस्थाको विधान अनुसार अब राष्ट्र, राष्ट्रियता, मानवता र विश्वशान्तिको लागि इमान्दार भएर काम गर्ने र धेरै युवाहरुलाई अभियानमा जोड्ने अपि टाइम्सलाई जानकारी दिए । मुलुकको धर्म संस्कृति र संस्कारमा दिनप्रतिदिन आँच आएका कारण त्यसको जगेनार्थ संघसंग जोडिएको पाण्डेले बताए ।
पाण्डे जिल्लामा सफल ब्यवसायीका रुपमा स्थापित छन् । उनले मुख्यगरी कृषक दाजुभाइ र दिदीवहिनीको लागि व्यवसायमार्फत टेवा दिइरहेका छन् । व्यवसायसंगै सानै उमेरदेखि उनले सामाजिक र मानवीय कार्य गर्दै आइरहेका छन् । स्वदेशमै केहि गर्ने सोँच राखेका उनले भावि दिनमा युवाहरुको रोल मोडल हुने गरी काम गर्ने बताए ।
प्रतिक्रिया