मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्घाखाँचीमा रास्वपालाई पहिलो शक्ति बनाउन तयारी सुरु

अर्घाखाँचीमा रास्वपालाई पहिलो शक्ति बनाउन तयारी सुरु

अपि टाइम्स

काठमाडौँ । अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो शक्ति बनाउने गरी तयारी थालिएको छ । पार्टीको मिसन २०८४ अभियान अनुसार अहिले बिभिन्न गतिविधि भइरहेका छन् । त्यसअन्तर्गत अर्घाखाँची–काठमाडौँ समन्वय समाजले शुक्रबार वनस्थलीमा प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम गरेको थियो ।

कार्यक्रमका वक्ता र सहभागिले तत्कालको लागि आगामी दिनमा हुन सक्ने उप-निर्वाचन लक्षित कार्यक्रम गर्नुपर्ने र ८४ को निर्वाचनको लागि अर्घाखाँचीमा थप तयारी गर्नेगरी अघि बढ्नु पर्ने बताएका छन् ।अर्घाखाचीबाट प्रतिनिधि सभा सदस्य रहेको एमाले सचिव टोप बहादुर रायमाझी नक्कली भुटानी शणरार्थी प्रकरणमा दोषी ठहर भई निलम्बन हुने सम्भावना रहेको छ । त्यसैले पार्टीको अहिलेको प्राथमिकता अर्घाखाँचीमा हुने उपचुनाव हुनपर्ने वक्ताहरुले बताए ।

कार्यक्रममा प्रमुख वक्ता रहेकी प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले समन्वय समाजले त्यहाँका बुद्धिजिवी र इमान्दार ब्यक्तिलाई समाहित गरेर जान सके वातावरण राम्रो हुने बताइन् । उनले सांसद हुँदाको अनुभव सुनाउँदै पार्टीमा आन्तरिक लोकतन्त्र सदृढ रहेको बताएकी थिइन् ।

उनले भनिन्म, ‘संसदको अलिकति अनुभव सुनाउँछु । संसदमा अरु दलका सांसद नियन्त्रित छन् । हामीले आफूलाई लागेका कुराहरु बज्जाले भन्न, सुनाउन पाउँछौँ । यसमा पार्टीले अंकुश लगाउँदैन । त्यसैले पनि अरु दलका सांसदका भन्दा हाम्रो पार्टीका सांसदको उपस्थिति प्रभावशाली छ । ढुक्क भएर संगठन विस्तारमा लाग्नुहोस् । हामी केन्द्रदेखि कमीकमजोरी सच्याउँदै अघि बढ्छौँ ।’ उनले प्रतिनिधि सभाभित्र चरम वेथिति रहेको अनुभव सुनाएकी थिइन् ।

बिभिन्न पार्टी र समुहबाट रास्वपामा जोडिएको भन्दै सहभागिहरुले नेताहरुसंग पार्टीका नीति र कार्यक्रमबारे स्पष्ट धारणा माग गरेका थिए । सहभागिका प्रश्नको जवाफ दिँदै केन्द्रिय सदस्य अर्जुन अधिकारी, संगठन विभाग सचिव शंकर श्रेष्ठ, प्रशिक्षण विभाग सचिव कमल सुवेदी र नीति योजना तथा विकास समितिका सदस्य विशाल अधिकारीले पार्टीको समग्र स्थितिको बारेमा बताए ।

अबको पहिलो शक्ति रास्वपा नै भएको जिकिर गर्दै ढुक्क भएर लाग्न उनीहरुको आग्रह छ । कार्यक्रममा डाक्टर निकोलस भुसालले अर्घाखाँची जिल्लाको ऐतिहासिक, भौगोलिक, आर्थिक र ऐतिहासिक महत्वको चर्चा गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा अर्घाखाँचीबाट काठमाडौ आई बिभिन्न पेशा र ब्यवसायमा आवद्ध करिब सय जनाको सहभागिता रहेको थियो । समन्वय समाजले जेठ २७ गते नयाँ वानेश्वरमा सम्पर्क भेला पनि आयोजना गरेको छ ।