मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मातृभाषा नेपाली बोल्नेको हिस्सा झण्डै ४५ प्रतिशत

मातृभाषा नेपाली बोल्नेको हिस्सा झण्डै ४५ प्रतिशत

अपि टाइम्स

काठमाडौं । नेपालको कुल जनसंख्याको झण्डै ४५ प्रतिशतको मातृभाषा नेपाली भएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक मातृ भाषासम्बन्धी तथ्यांकअनुसार ४४.८६ प्रतिशतको मातृभाषा नेपाली छ ।

जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै १ करोड ३० लाख ८४ हजार ४५७ जनाको मातृभाषा नेपाली हो ।

नेपालीपछि मैथिली मातृभाषा हुनेको संख्या धेरै छ । ३२ लाख २२ हजार ३८९ जना अर्थात ११.०५ प्रतिशतको मातृभाषा मैथिली छ ।

भोजपुरी ६।२४ प्रतिशत, थारु ५.८८, तामाङ, ४.८८, बजिका ३.८९, अवधि २.९६, नेवारी २.९६ र २.७८ प्रतिशतको मातृभाषा मगर धुत रहेको छ ।

जनगणनाअनुसार नेपालमा १२७ भाषाभाषी छन् । सबभन्दा कम कुसुण्डा भाषाका छन् । यो भाषा मातृभाषा हुनेको संख्या २३ जना मात्र छ । यस्तै बन्करिया मातृभाषा भएकाहरुको संख्या पािज ८६ मात्र रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।