मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तराईमा तातो हावा चल्ने, घरबाहिर ननिस्कन मौसमविद्को सुझाव

तराईमा तातो हावा चल्ने, घरबाहिर ननिस्कन मौसमविद्को सुझाव

अपि टाइम्स

काठमाडौँ । देशभर तापक्रम बढेसँगै तराईमा तातो हावा चल्ने सम्भावना रहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै आगामी पाँच दिनसम्म तराईमा तातो हावा चल्ने तथा लु लाग्ने सम्भावना देखिएको जानकारी दिएको हो।

‘आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने देखिन्छ’, बुलेटिनमा भनिएको छ, ‘तसर्थ, देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु ९ज्भबत धबखभ० लाग्न सक्ने सम्भावना रहेकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

साथै पहाडी भेगका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकाले मौसम महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमान हेरिरहन अनुरोध गरिएको छ।

तातो हावा तथा लुबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने उल्लेख गर्दै महाशाखाले सोबाट बच्न निम्न उपाय अपनाउन अनुरोध गरेको छ।