मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गजलकार क्यूरियस जेबीको ‘हर्कपथ’

गजलकार क्यूरियस जेबीको ‘हर्कपथ’

अपि टाइम्स

सोलुखुम्बु ,नेचासल्यान ।

बगरैभरी वसन्तसरी आए याम हर्कपथ !
पृथक राजनीतिक संस्कारको नाम हर्कपथ !!

रक्तकुण्ड पुग्यो अब, बग्नुपर्छ खोला पसिनाको !
लौ युवा जागौँ, ललाट फेरौँ, लागौँ लाम हर्कपथ !!

होलान् सिद्धान्त र वादहरु धेरै थरि वरिपरि !
चिल्ला भाषण जान्दैनस भन्छ गरौँ काम हर्कपथ !!

हत्केलाले सुर्यलाई रत्तिभर छेक्न सक्ला कहाँ ?
भ्रमको खेती छोडे वेस सिङ्गै हो घाम हर्कपथ !!

सगरमाथा झैँ अटल, स्फटिक जस्तै पारदर्शी !
के आँधी, के झरीबादल, लिन्न विश्राम हर्कपथ !!

आम भुइँमान्छेका आवाज, सही जनप्रतिनिधि !
धरान आज श्रममय छ, जय धाम हर्कपथ !!

गणतन्त्रले यस्तै सपूत जन्माउँदै जाओस् अझै !
सदा शुभेच्छा, स्वागत सादर प्रणाम हर्कपथ !!