मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किसानले यसरी पाउने छन् मुर्रा राँगाको ‘वीर्य’

किसानले यसरी पाउने छन् मुर्रा राँगाको ‘वीर्य’

अपि टाइम्स

काठमाडौँ । भारत सरकारले नेपाललाई शतप्रतिशत अनुदानमा दिन लागेको विश्वकै उन्नतमध्येको भारत मुर्रा प्रजातिका राँगालाई किसानकहाँ पुर्याउने कार्यविधि चाँडै बन्ने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

भारतबाट स्थलमार्गहुँदै नेपाल आउँदासम्म किसानलाई वितरण गर्ने कार्यविधि बनिसक्ने मन्त्रालय श्रोत बताउँछ । नेपालले एउटैको सात करोड नेपाली रुपैयाँसम्म पर्ने १५ वटा राँगा पाउँदै छ ।

भारतले उपलब्ध गराउने उच्च प्रजनन क्षमताको मुर्रा राँगो नेपाललाई वस्तुगत सहायता स्वरूप निःशुल्क उपलब्ध हुने बताउँदै मन्त्रालयले प्राविधिक पक्ष निरीक्षणका लागि विज्ञ एवं प्राविधिकहरू छिट्टै भारतस्थित सम्बन्धित सरकारी फार्ममा जाने तयारी भइरहेको जनाएको छ। यी राँगोलाई राष्ट्रिय पशु प्रजनन कार्यालयहरू पोखरा, नेपालगञ्ज र लाहानमा राखिने भएको छ।

‘प्राविधिक पक्ष टुङ्गिएपश्चात् भारतीय पक्षबाट नेपालको भन्सार नाकासम्म ती उच्च प्रजनन मानका मुर्रा राँगाहरू उपलब्ध हुनेछन्। यसरी प्राप्त राँगाहरूलाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरू (पोखरा, नेपालगञ्ज र लाहान) मा व्यवस्थापन गरि उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधान कार्यको लागि उपलवद्ध गराइने व्यवस्था गरिने छ’, विज्ञप्तिमा भनिएको छ। १५ वटा राँगाहरूबाट तीन वर्षपश्चात वार्षिक कम्तीमा १.५ लाख डोज वीर्य उत्पादन हुने र १ लाख भैँसीमा कृत्रिम गर्भाधान गराइ नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि हुने सरकारले अपेक्षा गरेको छ ।