मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेनफिट लुम्बिनी प्रदेशको अध्यक्षमा रुक बहादुर भुसाल

फेनफिट लुम्बिनी प्रदेशको अध्यक्षमा रुक बहादुर भुसाल

अपि टाइम्स

कपिलवस्तु  ।

 बिदेशी काठ आयातले नेपाली वन उद्यम संकटमा परेको सरोकारवालाले बताएका छन् । नेपालमा गत आर्थिक वर्ष ०७८र७९ मा मात्रै १७ अर्ब ८२ करोड ७३ लाख मूल्यका काठ र फर्निचर आयात भएको जनाइएको छ । त्यति ठुलोमात्रामा आयात हुँदा निर्यात भने ७१ करोड ८४ लाखको मात्रै हुने गरेको तथ्यांकमा उल्लेख छ । सो वर्ष स्वदेशी जंगलबाट दुई करोड १२ लाख घनफिट काठ उत्पादन भएको वन तथा वातावरण मन्त्रालय र भन्सार बिभागले उल्लेख गरेको छ ।

नेपालमा पछिल्लो नौ बर्षमा नेपालमा काठ र फर्निचर ६५ अर्ब ८४ करोड ३७ लाख रुपैयाको आयात हुँदा १ अर्ब ९४ करोड ७५ लाख निर्यात भएको छ । यस्तै नेपालले गत आर्थिक वर्ष ३५ भन्दा बढी देशबाट काठ आयात गरेको छ । जसमध्ये सबैभन्दा धेरै भारत र चीनबाट आयात हुने गरेको छ ।

मुलुकमा वार्षिक १० करोड घनफिट काठ आवश्यक पर्ने नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघ ९फेनफिट० का कार्यवाहक अध्यक्ष दिनेशराज रेग्मीले बताए । उनले तत्कालिन वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले वनसँग सम्बन्धित कार्यका लागि वन उद्यमीलाई कुठाराघात गरेको आरोप लगाए ।

नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघ ९फेनफिट० लुम्बिनी प्रदेशको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनलाई कपिलवस्तुको गोरुसिंगेमा सम्बोधन गर्ने अधिकांश ब्यवसायीले सरकारसँग गुनासो ब्यक्त गरेका छन् । उनीहरुले नेपालको वन पैदावारलाई संरक्षणमुखी मात्र नभई उपभोगमुखी बनाउनुपर्नेमा जोड दिए ।

फेनफिटका केन्द्रिय सल्लाहाकार अर्जुन रानाभाटले काष्ठ ब्यवसायी भन्न बित्तिकै चोर हुन् भन्ने दृष्टिकोणको अन्त्य हुनुपर्ने बताए । राज्यका अधिकांश निकाय एवं तप्काबाट वन तथा काष्ठ ब्यवसायीलाई ‘चोर’ को संज्ञा दिएकोमा उनले आक्रोश ब्यक्त गरे ।
अर्का, केन्द्रिय सल्लाहाकार बसन्त रोका क्षेत्रीले वन नीतिमा परिवर्तन आवश्यक रहेको बताए । करको उचित ब्यवस्थापन र बैंक तथा बित्तीय क्षेत्रको ब्याजदरमा सुधार आउन नसके नेपालको वन उद्यम धराशयी बन्ने उनको तर्क छ ।

साझेदारी वन ब्यवस्थापनका कार्यवाहक अध्यक्ष जयप्रकाश पाण्डेले वन सम्वद्र्धन कार्यक्रमलाई प्रभावकारी रुपले सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेश सांसद नवराज लामिछाने ९भुपाल०ले वन संरक्षण र सम्र्वद्धनका लागि सबै पक्षको साथ आवश्यक रहेको बताए ।

बैज्ञानिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष दिपक कुमार थापाले वनले उपभोक्तालाई मात्र नभई राज्यको अर्थतन्त्रलाई पनि बलियो बनाउन सहयोग गर्ने कुरामा जोड दिए ।

यसैगरि, अधिवेशनले नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघ ९फेनफिट० लुम्बिनी प्रदेशको अध्यक्षमा कपिलवस्तुका रुक बहादुर भुसाल निर्वाचित भएका छन् । गोरुसिंगेमा आयोजना गरिएको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट भुसाल अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा प्रदीपकुमार शाह ९बाँके०, उपाध्यक्षमा मित्रदेव अधिकारी ९दाङ्ग०, महासचिवमा खडक बहादुर कुँवर ९रुपन्देही०, सचिवमा टिकाराम विश्वकर्मा ९गुल्मी०, कोषाध्यक्षमा बसन्ता पौडेल ९अर्घाखाँची० निर्वाचित भएको निर्वाचन संयोजक कृष्ण बन्जाडेले बताए ।

त्यस्तै, खुल्ला सदस्यमा निरन्जन सिंह सिंजापति ९बाँके०, अशोक कुमार बढई ९नवलपरासी०, योगराज अधिकारी ९रुपन्देही० चयन भएका छन् । त्यस्तै वस्तुगत सदस्यमा टेकबहादुर विष्ट ९दाङ्ग० र एशोसियट सदस्यमा ईश्वरी कार्की ९गुल्मी० चयन भएको जनाइएको छ ।