मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीप लामिछाने सोमबार साँझ दक्षिण अफ्रिका उड्ने

सन्दीप लामिछाने सोमबार साँझ दक्षिण अफ्रिका उड्ने

अपि टाइम्स

काठमाडौँ । नेपाली ब्याटर सन्दीप लामिछाने राष्ट्रिय टोलीसँग अभ्यास खेलका लागि सोमबार साँझ दक्षिण अफ्रिका जाने भएका छन्।

जिल्ला अदालत काठमाडौंले उनीविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको तारिख आगामी असार २९ गतेका लागि तोकेपछि नेपाल क्रिकेट संघ [क्यान] ले सन्दीपलाई दक्षिण अफ्रिका पठाउने भएको हो।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपलाई सोमबार साँझ दक्षिण अफ्रिका पठाउन लागिएको पुष्टि गरे।

‘सन्दीपलाई राष्ट्रिय टोलीसँग अभ्यास खेलमा सहभागी गराउन दक्षिण अफ्रिका पठाउने तयारी गरेका छौँ’, उनले नेपालखबरसँग भने, ‘उनलाई सोमबार साँझ दक्षिण अफ्रिका पठाउने निर्णय भइसकेको छ।’

दक्षिण अफ्रिकामा अभ्यास म्याच खेल्न राष्ट्रिय टोलीका अरु सदस्य मंगलबार नै त्यसतर्फ गइसकेका छन्। तर अदालतले फैसला दिने गरी तयारी गरेर सुनुवाइ पनि अघि बढाएका बेला सन्दीप जानबाट रोकिएका थिए।