मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुर्रा राँगाबाट एक लाख भैँसी उत्पादन गर्ने लक्ष्यः कृषि तथा पशुपंक्षी मन्त्रालय

मुर्रा राँगाबाट एक लाख भैँसी उत्पादन गर्ने लक्ष्यः कृषि तथा पशुपंक्षी मन्त्रालय

अपि टाइम्स

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भारतले दिएका १५ वटा मुर्रा जातको राँगोबाट तीन वर्षमा एक लाख भैँसी उत्पादन गर्नै लक्ष्य लिएको छ।

आइतबार मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले एक विज्ञप्ति जारी गर्दै उच्च प्रजनन मानका १५ वटा राँगाहरूबाट तीन वर्षपश्चात वार्षिक कम्तीमा १।५ लाख डोज वीर्य उत्पादन हुने र १ लाख भैँसीमा कृत्रिम गर्भाधान गराइ नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा रहेको बताए।

यसअघि सन् २०१८ मा नेपालमा भएको नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकबाट नेपालले भारतसँग १५ वटा उच्च प्रजनन मानका मुर्रा राँगो माग गरेको मन्त्रालयले स्पष्ट पारेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा भारतले उपहार स्वरूप १५ वटा राँगो दिएको विषयमा ट्रोल भएपछि मन्त्रालयले यसअघि नै आग्रह गरिएको स्पष्ट पारेको हो।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा नेपाललाई १५ वटा उच्च प्रजनन मानका मुर्रा राँगो उपलब्ध गराइने विषय नेपालस्थित भारतीय राजदूतावासले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो।

भारतले उपलब्ध गराउने उच्च प्रजनन क्षमताको मुर्रा राँगो नेपाललाई वस्तुगत सहायता स्वरूप निःशुल्क उपलब्ध हुने बताउँदै मन्त्रालयले प्राविधिक पक्ष निरीक्षणका लागि विज्ञ एवं प्राविधिकहरू छिट्टै भारतस्थित सम्बन्धित सरकारी फार्ममा जाने तयारी भइरहेको जनाएको छ। यी राँगोलाई राष्ट्रिय पशु प्रजनन कार्यालयहरू पोखरा, नेपालगञ्ज र लाहानमा राखिने भएको छ।

‘प्राविधिक पक्ष टुङ्गिएपश्चात् भारतीय पक्षबाट नेपालको भन्सार नाकासम्म ती उच्च प्रजनन मानका मुर्रा राँगाहरू उपलब्ध हुनेछन्। यसरी प्राप्त राँगाहरूलाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरू पोखरा, नेपालगञ्ज र लाहान० मा व्यवस्थापन गरि उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधान कार्यको लागि उपलवद्ध गराइने व्यवस्था गरिने छ’, विज्ञप्तिमा भनिएको छ।