मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘अण्डा फ्राइ’ हुने गरी तराईमा उच्च गर्मी, हेर्नुहोस् बुटवलमा के भयो ?

‘अण्डा फ्राइ’ हुने गरी तराईमा उच्च गर्मी, हेर्नुहोस् बुटवलमा के भयो ?

अपि टाइम्स

काठमाण्डौँ । आइतबार सामाजिक संजालमा एउटा भिडिओ सार्वजनिक भयो । त्यो भिडिओ थियो बुटवलको । भिडिओमा अत्यधिक गर्मीको कारण अण्डा फ्राइ भइरहेको देखिन्थ्यो । @akatwinsboy टिकटक ह्याण्डल भएका एक युवकको भिडिओअनुसार आधाघण्टा पहिले घाममा ताई राखिन्छ । अनि त्यसपछि अलिकति तेल पनि राखिन्छ । तेल राखिसकेपछि अण्डा फोरेर हालिन्छ । अण्डा राखिसकेपछि चर्ररर आवाज पनि आउँछ । अर्थात् अण्डा फ्राइ हुन्छ ।

भिडिओ बनाउनेले भनिरहेका थिए, ‘ल हेर्नुहोस् गाइज बुटवलको गर्मी कत्तिको छ भन्ने । यो आधा घण्टाजति भयो हामीले राखेको । कत्तिको गर्मी छ भनेर तपाईहरुले देखेर थाहा पाउनु हुन्छ । ल हेर्नुस् है अण्डा फ्राइ हुने गरी गर्मी छ । खाडी मुलुकमा गर्मी हुन्छ भन्नु हुन्थ्यो नि । ल हेर्नुहोस् यहाँ कत्तिको गर्मी छ । ल हेर्नुहोस् है अण्डा फ्राइ हुन्छ । बुटवलको गर्मीले । ताइमा अण्डा राख्दै ल हेर्नुहोस् त । देख्नु भयो नि । ग्याँसको आवश्यकता नै पर्दैन तपाईहरुलाई बाहिर भाँडा राख्ने, तताउने, खाने । मामा काँ सकिन्छ बाच्न । अब बाँच्न सकिन्न बुटवलमा । यसपछि उनले चम्चाले अण्डा फ्राइ गर्छन् । क्यापसनमा लेखिएको थियो । आज बुटवलमा ४० डिग्री गर्मी हुँदा अण्डा फ्राइसमेत हुन्छ । हाई गर्मी ।’

यसबाट बुभिन्छ तराइमा अत्यधिक गर्मी छ । पछिल्लो समय काठमाडौँसहित देशभर बढिरहेको गर्मीले जनजीवन प्रभावित छ । अझै तराई–मधेशको उखरमाउलो गर्मीले त्यहाँको जनजीवन प्रभावित नै बन्न पुगेको छ । देखिन्छ । विगत एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो । कपिलवस्तु, रुपन्देही, दाङ्ग, बाँके लगायतका मध्यतराईका जिल्लाहरुमा विगत एक सातादेखि दैनिक ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम बढ्ने गरेको छ ।

पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो । तापक्रममा वृद्धि भएसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ । गर्मीका कारण अधिकांश शैक्षिक संस्था बन्द भएका छन् भने कर्मचारी र मजदूर समेत प्रभावित भएका छन् ।

गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ । यहाँका बासिन्दाले गर्मीयाममा प्रायः काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी अधिक सेवन गर्ने गर्दछन् ।

जेठको दोस्रो सातादेखि बढेको प्रचण्ड गर्मी र तातो हावाका कारण सरुवा रोगका साथै घाउ, खटिरा, एलर्जी, पखालाका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन् ।

लुम्बिनी प्रदेश अन्र्तगत तराई क्षेत्रमा पर्ने ६ वटा जिल्लाका पश्चिम नवलपरासीदेखि बर्दिया सम्मकै तराई क्षेत्रमा गर्मी अत्यधिक बढ्दा शैक्षिक क्षेत्र सबैभन्दा बढि प्रभावित देखिएको छ । त्यसैले यी क्षेत्रमा पर्ने अधिकांश स्थानीय तहले बर्खामा दिइने बिदामा मिलान गर्ने गरी धमाधम विद्यालय बिदा दिइरहेका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी भएका ठाउँमा तातो हावा अर्थात लू लाग्ने खतरा रहेको भन्दै सावधानी अपनाउन सुझाएको छ । तराईका कतिपय जिल्लामा पालिकाले विद्यालयमा गर्मी विदा दिएका छन् ।

https://fb.watch/kYitTWCkIe/