मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोविन्द भट्टराईको स्वर्णिमलाई बधाई, भने मेरो रचनात्मक सहयोग रहनेछ

गोविन्द भट्टराईको स्वर्णिमलाई बधाई, भने मेरो रचनात्मक सहयोग रहनेछ

अपि टाइम्स


काठमाडौँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार स्वर्णिम वाग्लेलाई उनका निकटतम प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छ

वाग्ले ३४ हजार ४ सय ८० मत ल्याएर सांसद निर्वाचित हुँदा भट्टराईले २० हजार ९२ मत मात्र ल्याउन सके।

प्रतिनिधिसभा सदस्य हुन सफल भएकामा वाग्लेलाई भट्टराईले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।

‘प्रिय स्वर्णिमजी, सर्वप्रथम तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका रूपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई’, भट्टराईले भनेका छन्, ‘चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिस्पर्धा रह्यो। र, संयोगले तपाईं निर्वाचित हुनुभयो। मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले सक्नुभयो।’

अब जनताले आफूप्रति राखेका अपेक्षा पनि विजयी वाग्लेको अभिभारा भएको भट्टराईले उल्लेख गरेका छन्।

तर त्यस क्षेत्रको विकासे अभियन्ताका रूपमा निरन्तर खटिरहने प्रतिबद्धता पनि भट्टराईले व्यक्त गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ।’