मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इब्राहिमोविचले लिए फुटबलबाट सन्यास

इब्राहिमोविचले लिए फुटबलबाट सन्यास

अपि टाइम्स

काठमाडौं । स्विडेन तथा इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोविचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
इब्राहिमोविचले ४१ वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका हुन् ।

इटालियन सिरी ए अन्तर्गत सिजनको अन्तिम लिग खेल भेरोनाविरुद्धको खेलपछि इब्राहिमोविचले सन्यास घोषणा गरेका हुन् ।

ुम फुटबललाई अलविदा भन्छु तर तपाईलाई होइन,ु इब्राहिमोविचले भने ।

इब्राहिमोविचले यसअघि नै इटालियन क्लब छाड्ने घोषणा गरिसकेका थिए ।

इब्राहिमोविचले पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड र एसी मिलन र इन्टर मिलान जस्ता क्लबहरूका लागि ५११ गोल गरेक थिए । उनले चार देशहरूमा लिग उपाधि जितेका थिए।

इब्राहिमोविचले २०१९ मा एसी मिलान फर्किएका थिए । तर, चोटका कारण उनले यस सिजन मात्र ४ खेल खेलेका थिए।

मिलानसँग इब्राहिमोविचको सम्झौता यसै महिना सकिदैछ ।