मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१७ अंकले घट्यो नेप्से, करिब २ अर्बको कारोबार

१७ अंकले घट्यो नेप्से, करिब २ अर्बको कारोबार

अपि टाइम्स

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । १५ जेठमा आएको बजेटपछि लगातार उतारचढाव देखिएको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन सोमबार दोहोरो अंकको गिरावट भएर बन्द भएको हो ।

सोमबार नेप्से १७।३८ अंकको गिरावट हुँदा १९०१।९९ अंकको विन्दुमा बन्द भएको छ । सोमबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । उत्पादनमूलक उपसूचक सर्वाधिक २।४६ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक १।६७ प्रतिशत, अन्य उपसूचक १।५१ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने बढेको छ । आइतबार करिब १ अर्ब ६६ करोडको कारोबार भएको बजारमा सोमबार १ अर्ब ९७ करोड ३५ लाखको कारोबार भएको छ । ३६ हजार ५६८ वटा कारोबारमा ५६ लाख २० हजार ३८१ कित्ता सूचीकृत धितोपत्र किनचेब हुँदा उक्त रकमको कारोबार भएको हो ।