मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यार्थी मृत फेला परेपछि ६ दिनदेखि काठमाडौँको इलिप्स स्कुल बन्द

विद्यार्थी मृत फेला परेपछि ६ दिनदेखि काठमाडौँको इलिप्स स्कुल बन्द

अपि टाइम्स

काठमाडौँ । काठमाडौंको सोह्रखुट्टेस्थित विद्यालयको छात्रवासमा १२ वर्षीय बालक मृत फेला परेपछि मृतकका आफन्तले विद्यालय बन्द गरेका छन्।

इटरनल लाइट पब्लिक स्कुल ९इलिप्स०को छात्रवासमा बस्ने धादिङ नेत्रावती डबजोङ गाउँपालिका(५ का अभिषेक तामाङ गत बिहीबार मृत फेला परेका थिए। कक्षा ५मा अध्ययनरत तामाङ झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

तर मृतकका आफन्तले यो घटना आत्महत्या नभई हत्या भएको दाबी गर्दै विद्यालय बन्द गराएका हुन्। त्यसदिन यता विद्यालय खुलेको छैन। आफन्तले विद्यालयसँगै प्रहरी वृत्त सोह्रखुट्टे समेत घेराउ गरेका छन्।

आफन्त पूर्णिमा तामाङले बालकको शरीरमा निलडाम कसरी देखियो भन्दै प्रश्न समेत गरेकी छन्।

‘आत्महत्या भएको भए हातगोडामा निलो डाम कसरी भयोरु,ʼ उनले भनिन्, ‘एउटा कानमा माटोको धुलोसँगै रगत बगिरहेको थियो।ʼ