मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उमानाथ पौडेल उद्योग वाणिज्य परिषद् सदस्यमा मनोनित

उमानाथ पौडेल उद्योग वाणिज्य परिषद् सदस्यमा मनोनित

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल उद्योग वाणिज्य परिषद्को सदस्यमा मनोनयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचित उपाध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा गठित परिषद्को सदस्यमा पौडेललाई मनोनयन गरिएको हो ।

महासंघको विधानको दफा ३९.२.१ अनुसार परिषद् गठन गरिएको छ । महासंघका अध्यक्ष चण्द्र प्रसाद ढकालले परिषद्लाई सक्रिय बनाउन पौडलेको भूमिका महत्वपूर्ण हुने विश्वास ब्यक्त गर्दै जेठ १७ गते मनोनयन गरिएको पत्र पौडेललाई पठाएका छन् ।

परिषद्मा मनोनयन भएपछि अध्यक्ष ढकाललाई धन्यबाद दिँदै पौडेलले आफूले दत्तचित्त भएर भूमिका निर्वाहा गर्ने बताए । पौडेल यसअघि पनि परिषद्को सदस्य थिए ।

पौडेल कपिलवस्तु उद्योग वाणिज्य संघमा सबैभन्दा सफल अध्यक्ष मानिन्छन् । उनको कार्यकालमा जिल्लामा संघले भवन पाएको थियो भने धेरै सुधारात्मक काम पनि भएका थिए । यिनै कामका आधारमा पौडेल केन्द्रमा प्रिय मानिन्छन् ।