मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रूसी सेनाको शीर्ष कमाण्डर बन्धक

रूसी सेनाको शीर्ष कमाण्डर बन्धक

अपि टाइम्स

एजेन्सी । युक्रेनसँग चलिरहेको युद्धको बीचमा रूसी सेना र वाग्नर समूह बीच पटकपटक मतभेद भएको रिपोर्ट बाहिर आएको छ।

पछिल्लो समाचार अनुसार वाग्नर समूहले रूसी सेनाको शीर्ष कमाण्डरलाई बन्धक बनाएको छ। वाग्नर समूहले रुसी सेनाका कमाण्डरको भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरेको छ।

वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको सामाजिक सञ्जालमा पोस्ट भएको भिडियोमा रुसी सेनाका ७२औं ब्रिगेडका कमान्डर लेफ्टिनेन्ट कर्नल रोमन भेनेभिटिनलाई बन्धक बनाएको देखिन्छ। रूसी सेना र येभगेनी प्रिगोजिनको नेतृत्वमा रहेको वाग्नर समूह बीचको विवाद केही समयदेखि बढेको छ।

यद्यपि रुसी रक्षा मन्त्रालयबाट यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। बाख्मुतमा भएको रुसको विजयमा वाग्नर समूहको महत्त्वपूर्ण भूमिका थियो।