मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सञ्चारमन्त्री शर्मासँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद

सञ्चारमन्त्री शर्मासँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद

अपि टाइम्स

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने भएको छ।

मन्त्रालयबाट हुने कार्य सम्पादन प्रभावकारी बनाउन नागरिकका सुझाव र गुनाना सहज रूपमा सुन्न यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। जसका लागि मन्त्रालयको वेबसाइटमा ‘मन्त्रीसँग भर्चुअल संवाद’ प्लेटफर्म थप गरिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट  https://www.mocit.gov.np/ मा गएर ‘मन्त्रीसँग भर्चुअल संवाद’ क्लिक गरी संवाद गर्न सकिने छ। सोझै https://mocit.gov.np/write-to-minister मा गएर पनि मन्त्रीलाई मन्त्रालय वा सरकारसँग सम्बन्धित गुनासा वा सुझाव दिन सकिने जनाइएको छ। 

यसले देशका जुनसुकै कुनाबाट पनि नागरिकका गुनासा र सुझाव सहजै प्राप्त गर्न सकिने मन्त्रालयको विश्वास छ।