मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यशोदा फुड्सको बदमासी, करेन्ट चाउचाउमा भेटिए किरैकिरा

यशोदा फुड्सको बदमासी, करेन्ट चाउचाउमा भेटिए किरैकिरा

अपि टाइम्स

काठमाडौँ । रुपन्देहीबाट उत्पादन हुने करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सको बदमासी पछिल्लो पटक एक पछि अर्को गर्दै सार्वजनिक भइरहेको छ ।

केही समय अघि विदेशमा करोडौ रुपैयामा चाउचाउ निर्यात गरेको सुखद खवर आएपनि यशोदा फुड्सको बदमासी अहिले भने छ्याप्छ्याप्ती मिडियामा आइरहेको छ । अहिले त ट्रेडमार्क र रेपर चोरेर उत्पादन गर्ने तथ्य फेला परेको छ । एशियन फुड्सको उत्पादन प्रिती चाउचाउको रेपर चोरेर लाली उत्पादन गरेको भन्दै उद्योग बिभागबाट कारवाहीमा परेको यशोदा फुड्सले ६ वर्षपछि नेपालकै चर्चित वाईवाई चाउचाउका उत्पादक सिजी ग्रुपको ट्रेडमार्क चोरेर करेन्ट चाउचाउ उत्पादन गरेको फेला परेको छ ।

केही दिन पहिले गोरखामा चाउचाउमा किरैकिरा भेटिँदा खोलेको चाउचाउको कम्पनीले जिम्मा नलिने गैरजिम्मेवार जवाफ दिएको यशोदा फुड्सले करेन्ट चाउचाउ उत्पादनमा अर्को कम्पनीको ट्रेडमार्क नै चोरेको फेला परेको हो ।

यशोदा फुड्सले २०७४ मा एसियन फुड्सको प्रिती चाउचाउको रेपर नक्कल गरेर लाली चाउचाउ उत्पादन गरेको भन्दै उद्योग विभागले रेपर परिवर्तन सहित बजारको चाउचाउ उठाउन निर्देशन सहितको कारवाही गरेको थियो । यशोदा फुड्सले अहिले फेरी त्यही बदमासी गरेको भन्दै कम्पनी विरुद्ध मुद्दा परेको छ ।

नेपालको पुरानो चाउचाउ वाइवाइ चाउचाउको उत्पादक कम्पनी सिजी फुड्सले करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले आफ्नो ट्रेडमार्क नै चोरेको दाबी गरेसँगै करेन्टको उत्पादकको बदमासी सार्वजनिक भएको हो ।

सिजी ग्रुपले सोमबार विज्ञप्ति जारी गर्दै यशोदा फुड्सको करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क नक्कल गर्दै कानूनको प्रत्यक्ष उल्लंघन र उपभोक्ताको अधिकार हनन गरेको आरोप लगाएको छ । सिजीले ट्रेडमार्क चोरी गर्ने यशोदा फुड्सलाई तत्काल कारवाहीको माग समेत गरेको छ ।

‘वाइवाइ नेपालको सर्वाधिक लोकप्रिय चाउचाउ हो । चार दशकदेखि ग्राहकको पहिलो रोजाईमा रहँदै आएको छ । यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाइवाइको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ वाइवाइ जस्तै देखिने गरि र्‍यापर प्रयोग गरिएको छ,’ सिजीले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ,’ करेन्ट चाउचाउले आफुलाई वाइवाइ जस्तै देखाएर उपभोक्तालाई भ्रमित पार्ने काम गरेको हो ।’

करेन्टले ट्रेडमार्क ऐन २०२२ को उल्लंघन र उपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन गरेको भन्दै सीजी फुड्सले मुद्दा दायर गरिसकेको समेत विज्ञप्तिमा जनाइएको छ ।