चन्द्रकान्त न्यौपाने
काठमाडौँ । अभिनेता पल शाहसंगको प्रकरणपछि डिप्रेसनमा परेकी समिक्षा अधिकारी कुनै समय मर्ने स्थितिसम्म पुगेकी थिइन् । सामाजिक संजालमा उनीमाथि अनेक गाली बर्सिए । तिनै गालीका कारण उनी डिप्रेसनमा थिइन् । म्युजिक कम्पनीलेसमेत समिक्षाको स्वरांकन भएका गीत हटाएर अरुको राख्नसम्म भ्याएका थिए । यस्तै तनावकाबीच जेनतेन उनी अघि बढिरहेकी थिइन् । महिनाअघि नावालिग प्रकरणमा जोडिएका पल शाह अदालतबाट सफाई पाएर छुटे।
पल छुटेको केहि समयपछि संचारकर्मी प्रकाश सुवेदीले आफ्नो चर्चित कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ को गत वैशाख २३ गते ( मे ६) को ३९ औँ भागमा उनै समिक्षा अधिकारीलाई अतिथिको रुपमा ल्याए । त्यस ‘शो’ मा समिक्षाले मज्जाले आफ्ना भित्री मनमा दविएर रहेका कुराहरु शालिन् शैलीमा खुलेर पोखिन् । उक्त शो हेरेपछि समिक्षालाई गाली गर्नेहरुले पनि समिक्षालाई सपोर्ट गरिरहेका छन् ।
‘आफूले वयान नफेरिदिएको भए पल शाहले पुरै सजाय पाउने थिए । माया गर्ने मनको मान्छेको जहिले पनि माया लाग्ने रहेछ’ यस्तैयस्तै कुराहरु उनले बताएकी थिइन् भने आफूलाई यो स्थितिसम्म ल्याउनेको बारेमा पनि धेरथोर कुराहरु राखेकी थिइन् ।
हुन त त्यो ‘शो’ पछि अधिकारकर्मीले सुवेदीको कटु आलोचना पनि गरे । तर सुवेदीले आलोचना खाए पनि त्यही ‘शो’ ले गायिका समिक्षा अधिकारीको जीवनलाई भने सहज बनाइदिएको छ ।
त्यति मात्र होइन आजभोलि समिक्षा आफ्नो पुरानै गायकीमा फर्किएकी छन् । काण्डमा पर्नुअघि उनले दैनिक ५ । ७ वटा गीतसम्म रेकर्ड गर्थिन् । आज भोलि पनि उनले दैनिक ५ देखि ७ वटा गीत रेकर्ड गराउन भ्याएकी छन् । म्युजिक कम्पनीहरु पनि समिक्षाको स्वरमा गीत रेकर्ड गराउन भ्याई नभ्याईमा छन् ।
हिजो मंगलबार मात्रै उनले आफ्नो फेसबुकमा लेखेकी छन्, ‘5 song recorded today ‘‘
त्यसअघि पनि उनले ७ वटा गीत रेकर्ड भएको बताएकी थिइन् । पछिल्लो समय उनले गाएका गीतमध्ये पशुपति शर्माको आआफ्नो दुखको फिमेल भर्जनले युटुभ ट्रेन्डिङमा १ नम्बरमा आयो । त्यस्तै नरेश खातीसंगको सहकार्यमा गाएको मनमा पीर गीतले पनि युटुभ ट्रेन्डिङ पाएको थियो ।
यसरी हेर्दा पछिल्लो २ सातामा समिक्षाले करिब डेढ दर्जन गीत गाएकी छन् ।
समिक्षाले पछिल्लो समय गायका गीतमा भने दुखान्तता छ । उनले स्वर भरेका अधिकांस गीतले उनको वास्तविक जीवनसंग मेल खाएको देखिन्छ । समिक्षाले पनि अपि टाइमसलाई भनिन्प्र, ‘काश दाजुको त्यो शो कै कारण आजभोलि मलाई निकै सहज भएको छ । दाजुलाई धेरैधेरै धन्यबाद ।’
अब विगत भुलेर आफ्नो पूर्व कर्ममै रमाउन चाहेको उनले बताएकी छन् । आफ्ना गीतहरुलाई मन पारएको र आफूलाई माया दर्शाउन थालेका सबै दर्शकलाई उनले अपि टाइम्समार्फत् धन्यबाद दिएकी छन् ।
प्रतिक्रिया