मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रतिवादीको पक्षका वकिलले के भने ?

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रतिवादीको पक्षका वकिलले के भने ?

अपि टाइम्स

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादीको पक्षमा वकिलहरूले थुनछेक बहस गर्न थालेका छ

बुधबार यस प्रकरणमा मुख्य अभियुक्त मानिएका सानु भण्डारी र केशव दुलालका वकिलहरूले बहस गरेका हुन्। यो बहस काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भइरहेको हो।

सानु र केशवको पक्षमा ६/६ जना वकिलले बहस गरेका छन्।

सानुको पक्षमा वकिलहरू विनोद शर्मा, चुडामणि पोखरेल, वरिष्ठ अधिवक्ता शिवप्रसाद रिजाल, शालिकराम सापकोटा, शरणप्रसाद कोइराला र खडानन्द कँडेलले बहस गरेका हुन्।

यस्तै, केशवको पक्षमा विकास भट्टराई, विकाश थापा, विश्वास आचार्य, योगेन्द्र अधिकारी, नर योगी र राजन भट्टराईले बहस गरेका थिए।

आजै टंककुमार गुरूङका वकिलले पनि बहस गरेका छन्। वरिष्ठ अधिवक्ता प्रा।डा नरसिंहकुमार खत्रीले उनको पक्षमा बहस गरेका हुन्।

मंगलबार मात्रै यस प्रकरणमा सरकारी वकिल तथा जाहेरवाला पक्षका वकिलहरूले बहस सकाएका थिए। बुधबारदेखि आउँदो मंगलबारसम्म प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन्।

त्यसपछि बुधबार सरकारी वकिलले जवाफी बहस गरेपछि प्रतिवादीहरूलाई पुर्पक्षको लागि थुनामा पठाएर मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा अदालतले आदेश दिनेछ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई संगठित अपराध, कीर्ते, ठगी तथा राज्य विरूद्धको आरोप गरी चार वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा यही जेठ १० गते मुद्दा दायर गरिएको थियो।