मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रशिक्षक मोन्टी देसाईले पाए दक्षिण अफ्रिकाको भिसा, त्यसतर्फ जाँदै

प्रशिक्षक मोन्टी देसाईले पाए दक्षिण अफ्रिकाको भिसा, त्यसतर्फ जाँदै

अपि टाइम्स

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक मोन्टी देशाईको दक्षिण अफ्रिकाको भिसा आएको छ । प्रशिक्षक मोन्टीको भिसा आएको नेपाल क्रिकेट संघ क्यानका कार्यवहाक सचिव दुर्गा राज पाठकले नेप्जलाई बताएका छन् । उनी भोली बिहान चार बजे भारतबाटै दक्षिण अफ्रिका जानेछन् ।

दक्षिण अफ्रिकामा अभ्यास खेलका लागि गएको नेपाली टोलीसँग प्रशिक्षक र सन्दिप लामिछाने गएका थिएनन् । दुई दिन अघिमात्र सन्दिप लामिछाने त्यसतर्फ गएका थिए ।

प्रशिक्षक पारिवारिक भेटका लागि अमेरिका रहेका थिए । त्यसबेला मोन्टीले उतैबाट भिसाको आवेदन दिएकोमा भिसा आएको थिएन् । त्यसपछि अमेरिकाबाट भारत आएर उनले भिसाको आवेदन दिएका थिए ।

नेपाले भोली पहिलो अभ्यास खेलमा स्कटल्याण्डसँग खेल्दैछ ।