कैलाली । कैलालीमा मोटरसाइकलको पछाडिबाट खसेर एक महिलाको मृत्यु भएको छ। मोटरसाइकलबाट खसेर भजनी नगरपालिका –८ की ५० वर्षीया जानकीदेवी डगौराको मृत्यु भएको प्रहरीले जनाएको हो।
उनी सोही ठाउँका ओमप्रकाश डगौराले चलाएको बा.५६ प.४६२१ नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन्।
जानकीदेवी भजनी नगरपालिका–३ ठेकीपुलदेखि भजनी गोरचौरा जाँदै गर्दा ठेकी भन्ने ठाउँमा खसेकी थिइन्।
टाउकोमा गम्भीर चोट लागेको उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया