मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभ्यास खेलमा आज नेपाल र स्कटल्याण्ड खेल्दै

अभ्यास खेलमा आज नेपाल र स्कटल्याण्ड खेल्दै

अपि टाइम्स

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेटको ग्लोबल छनोटको तयारीमा रहेको नेपालले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै छ ।

जिम्बाबेमा आयोजना हुन लागेको ग्लोबल छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली टोलीले त्यहाँ स्कटल्याण्डसँग खेल्न लागेको हो ।

नेपाल र स्कटल्याण्डबीचको खेल दिउँसो पौने १ बजे सुरुहुने छ ।

यो खेल अन्तर्राष्ट्रिय मान्यता प्राप्त भने होइन । यो खेलमा टोलीका १६ जनामध्ये ११ जनाले बलिङ र ब्याटिङ गर्न पाउने छन् ।
यस्तो छ नेपाली टिम

कुशल भुर्तेल, आसिफ शेख ९विकेटकिपर०, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।