मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसईईको रिजल्ट नआई कक्षा ११ मा भर्ना नगर्न निर्देशन

एसईईको रिजल्ट नआई कक्षा ११ मा भर्ना नगर्न निर्देशन

अपि टाइम्स

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले एसईईको रिजल्ट नआई कक्षा ११ मा भर्ना नगर्न निर्देशन दिएका छन् ।

विहिबार सामाजिक संजालमा भनाई राख्दै उनले मातहतका सबै शैक्षिक संस्थालाई यस्तो निर्देशन दिएका हुन् ।

अंग्रेजीमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘SEE को रिजल्ट नआई कक्षा ११ मा भर्ना नगर्न निर्देशन: Kathmandu Metro has given directions to all the educational institutions not to start the process of admission in class 11 before the SEE result is published.’

यसअघि नतिजा अघि नै भर्ना गरेर चर्को शुल्क असुल्ने खेल खेलेको आरोप विद्यालयलाई लाग्ने गरेको छ । विद्यालयको अस्वस्थ प्रतिस्पर्धाको मारमा विद्यार्थी र अभिभावक पर्ने गरेको गुनासो पनि आउने गर्दछ ।