मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

औषधी ब्यवसायी संघ कपिलवस्तुमा तौलिहवाका मानुल्लाह खान

औषधी ब्यवसायी संघ कपिलवस्तुमा तौलिहवाका मानुल्लाह खान

अपि टाइम्स

वाणगंगा । नेपाल औषधी व्यावसायी संघ कपिलवस्तुको अध्यक्षमा मानुल्लाह खान चयन भएका छन् ।

संघको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले तौलिहवा निवासी खानको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । खान यसअघि सल्लाहा कार सदस्य थिए ।

खानलाई सर्वसम्म चयन गरिएको भनिए पनि निवर्तमान उपाध्यक्ष वीक्रम थापाले असहमति जनाएका छन् । अध्यक्ष बन्ने पालो आफ्नो भए तापनि विधान मिचेर सल्लाहाकारलाई अध्यक्ष बनाएको भन्दै विरोध र तीव्र असन्तुष्टि जनाएका हुन् ।

अधिवेशनले अन्य पदमा भने सर्वसम्मत पदाधिकारी चयन गरेको छ । समितिको उपाध्यक्षमा गोपाल प्रसाद खनाल, महासचिव बेदुराम पोख्रेल, सचिवमा महेश रानाभाट, कोषाध्यक्षमा मतिराज घिमिरे, सह–कोषाध्यक्षमा रामगोपाल गोयल र सदस्यहरुमा सुशील भट्टराई, मनोज कुमार केसी, डा विक्रम घिमिरे, गोपाल बन्जाडे चयन भएका छन् ।उनीहरुलाई संस्थाका निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले पद तथा गोपनीयताको सपथ खुवाएका थिए । नवनिर्वाचित अध्यक्ष खानले आफ्नो कार्यकालमा संस्थाको भवन बनाउने उद्घोष गरेका छन् ।