काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेकी सोविता गौतमले आफ्नो नीजि जीवनमा छिरेर मानिसहरुले आफ्नो चरित्र हत्या गरेको आरोप लगाएकी छन् ।
विहेपछि जापान रहेका बेला बिभिन्न मिडिया र सामाजिक संजाल चलाउनेहरुले आफ्नो ठाडो चरित्र हत्या गरेको उनले बताएकी हुन् । संजय गुप्ताको पोडकास्टमा करिब २ घण्टाको अन्तरवार्त दिएकी गौतमले आफूविरुद्ध बनाइएका हरेक सामाग्री र कमेन्ट्सहरु पढ्ने गरेको र ती कसैलाई पनि नछाडिने चेतावनी दिएकी हुन् ।
आफ्नो सबैभन्दा बढी चरित्र हत्या ट्विटर बाट भएको उनको भनाई छ । विहेको प्रसंगमा भावुक बनेकी उनले फेक अकाण्ट बनाएर आफूविरुद्ध खनिएको भन्दै ट्टिवटर नै बन्द गर्न बाध्य भएको उनले बताइन् । आफू सांसद मात्र नभएर वकिल पनि भएको हुनाले यस्ता काम गर्दा सावधानी अपनाउन उनले चेतावनी दिइन् ।
रास्वपाको केन्द्रिय सदस्यसमेत रहेकी गौतमले परिवार पनि तनावमा रहेको कारण चाँडै भेट्ने बताइन् । आफ्नो चरित्र हत्याले विशेषगरी आमामा चोट पुगेको उनले बताएकी छन् ।
केहि समय अघि गृहेन्द्र घिमिरेसंग विवाह बन्धनमा बाँधिएपछि उनको आलोचना भइरहेको छ । गृहेन्द्र दुई सन्तानको बाउ भएको सामाजिक संजालमा भाइरल भएपछि सोविताको पनि चर्को आलोचना भइरहेको छ ।
विहेको विषयलाई लिएर आफ्नो परिवारको नै बदनाम हुनेगरी सामाग्री बनाईएकाले आफू निकै दुखि हुनु परेको उनले सुनाईन् । सदनमा अब साइबर क्राइमको कानुनलाई अघि बढाउन भूमिका खेल्न उनको भनाई छ ।
प्रतिक्रिया