मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डले दुई वटा नदी कौडीको मोलमा बेचेर आएः ओली

प्रचण्डले दुई वटा नदी कौडीको मोलमा बेचेर आएः ओली

अपि टाइम्स

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सातामात्रै भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कौडीको मूल्यमा नेपालका नदी बेचेको आरोप लगाएका छन्।

शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारत भ्रमणका क्रममा वर्तमान सरकारले नेपालको भूमीबारे चुँइक्क पनि बोल्न नसकेको बताए।

‘भारत भ्रमणमा के गरेर आउनु भयो त दुई वटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिनुभएको छ। जमाइएको पानी हाम्रो हो,’ ओलीले सम्बोधनको क्रममा भनेका थिए । उनले युक्रेनको वारका कारण नेपालका नदी सित्तैमा दिएको होरु भन्दै प्रश्न समेत गरे।