मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजवादी पत्रकारको चुनावः मत पत्रमा भेटियो ‘नो भोट’

समाजवादी पत्रकारको चुनावः मत पत्रमा भेटियो ‘नो भोट’

अपि टाइम्स

काठमाडौँ । समाजबादी प्रेस सङगठनको पहिलो राष्ट्रिय महाधिवेशनमा भएको चुनावको मत पत्रमा ‘नो भोट’ भेटिएको छ

पदाधिकारी चयनको लागि भएको चुनावमा अध्यक्ष बाहेकका उम्मेदवारको लागि ‘कसैलाई पनि भोट हाल्दिनँ’ भन्ने लेखिएको मत पत्र भेटिएको हो ।

सुरुवाती ५० को गड्डीमा यस्तो लेखिएको मत पत्रमा अध्यक्षको उम्मेदवारमा भने चिन्ह लगाइएको थियो । त्यस्तो मत पत्र भेटिँदा सबै गलल हाँसेका थिए । सर्वसम्मत गराउन प्रयास विफल भएपछि चुनाव भएको थियो ।

चुनावमा अध्यक्षमा भुपराज खड्का र विश्वमणी सुवेदी छन् भने महासचिवमा राम कुमार एलन र हृदय भुसाल छन् । यस्तै खुला तथा महिला उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका पदमा चुनाव भएको छ । सुरुवाती गणनामा अध्यक्षमा सुवेदी र महासचिवमा एलनले अग्रता हासिल गरेका छन् । ३ सय बढी मतदाता रहेकोमा २८४ जनाको मत खसेको निर्वाचन मण्डलले जनाएको छ ।